‘अबको विकासमा भौगोलिक आरक्षण र संरक्षण गरिनु पर्छ’ : सांसद बस्नेत [भिडियोसहित]

Facebook Debugger

विराटनगर । प्रदेश नं. १ सोलुखुम्बु ‘क’का सांसद उत्तमकुमार बस्नेतले अबको विकासमा भौगोलिक आरक्षण र संरक्षणमा ध्यान दिनुपर्ने बताएका छन् ।

आइतबार बसेको प्रदेशसभा बैठकमा भौतिक पूर्वाधार मन्त्रालयद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा आफ्नो सुझाव राख्नुहुँदै सांसद बस्नेतले अबको विकास कार्यमा भौगोलिक आरक्षण एवं संरक्षणमा ध्यान दिइएन भने भविष्यमा विकासको दौडमा पछि पर्ने बताएका हुन् ।

‘हामी जनप्रतिनिधीहरुले मागेको योजना हाम्रो भिजन पनि हो । हाम्रो चेतना स्तर हामीले माग्ने कुराहरु के छ त ?’ सांसद बस्नेतले भने, ‘चेतनाका कुरा र माग्ने योजना पनि ठाउँ अनुसार फरक हुन्छ । म ट्रयाक ओपनको योजना माग्छु, विराटनगर र झापामा सडक स्तोरोन्नतीको योजना मागिन्छ ।’

विकासका योजनाहरु बाँडफाडमा पहुँचवालाभन्दा बाहिर जान नसकेको पनि सांसद बस्नेतले आरोप लगाए । ‘प्राथमिकताको आधारमा भन्दा पनि पहुँच र शत्तिका आधारमा बजेट विनियोजन गरिएको पाइयो’ उनले भने, ‘सबै मन्त्रीहरुलाई म आग्रह गर्दछु, नेपालको नक्सा समयमै पाइएको छ, फुर्सदमा कलमको टुप्पोले प्रदेश १ भएका जिल्लाहरु कहाँ खालि छ त्यहाँ चिन्ह लगाउनु होला । यसबाट दुई वटा कुरा थाहा हुन्छ । एउटा विकास भैसकेको र अर्को अझै विकास गर्न बाँकी ।’

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार