टोखा नगरमा एमालेका प्रकाश अधिकारी पुन प्रमुख र उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका प्रकाश अधिकारी पुन निर्वाचित भएका छन् र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

ने.क.पा एमाले उम्मेदवार प्रकाश अधिकारी १७४ मत अन्तरले नगरप्रमुखमा विजयी भएका हुन् । अधिकारीले १० हजार ३४० मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी रजनी थापाले १० हजार १६६ मत पाइन् ।

ने.क.पा. एमालेको काठमाडौं उपत्यका पालिकामा यो पहिलो जित हो ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी मुरारी तामाङ १० हजार १३२ मतसहित विजयी हुँदा एमालेकी ज्ञानमाया डंगोलले ९ हजार ५१८ मत पाइन् ।

एमालेबाट विजयी अधिकारी यसअघि पनि नगरप्रमुख थिए । पराजित थापा २०७४ सालको निर्वाचनमा पनि नगर उपप्रमुखमा पराजित भएकी थिइन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार