नेपालमा कोरोना संक्रमितको संख्या १३,२४८ पुग्यो !

Facebook Debugger

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४ सय ७६ जनामा संक्रमण देखिएको हो । आज थपिएका ४ सय ७६ सहित नेपालमा संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ३४ पुगेको छ । प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार