सोमबार थपिएका ४७६ संक्रमितमध्ये, कुन जिल्लामा कति ? [हेर्नुहोस विवरणसहित]

Facebook Debugger

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय १२ महिला र ३ सय ६४ पुरुष गरी ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४ सय ७६ जनामा संक्रमण देखिएको हो । आज थपिएका ४ सय ७६ सहित नेपालमा संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।

कुन जिल्लामा कति थपिए ?

डा. गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका एकजना महिला, जगेन्द्र नारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा सप्तरीका १० महिला र ५ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुुषाका ६ जना पुरुष र महोत्तरीका ४ जना पुरुष, नारायणी अस्पताल विरगंजमा गरिएको परीक्षणमा पर्साका एक पुरुष मा संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा टेकुमा बाग्लङुका एक महिला र १३ जना पुरुष, अर्घाखाँचीका ३ जना महिला र २४ जना पुरुषा, भक्तपुरका एकजना पुरुषा, धनकुटाका एकजना पुरुष, गोरखाका ५ जना पुरुष, गुल्मीका ५ महिला र १५ जना पुरुष र खोटाङका एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका एकजना महिला र १२ जना पुरुष, पर्वतका एकजना महिला र १२ जना पुरुष, प्युठानका एकजना महिला र ४ जना पुरुष, रौतहटका एकजना महिला र १५ जना पुरुष, रोल्पाका एकजना पुरुष, रुपन्देहीका ३ जना पुरुष, स्याङ्जाका एकजना महिला र ७ जना पुरुष, तनहँुका ५ महिला र ४ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धादिङका एकजना महिला र एकजना पुरुष, काठमाडौंका २ जना महिला र २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका ११ जना पुरुष, चितवनका २ महिला र२ जना पुरुष, कैलालीका एकजना पुरुष, र पाल्पाका १३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका ३ जना पुरुष, मकवानपुरका एकजना पुरुष र रौतटहका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा काभ्रेका एकजना पुरुष, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एकजना पुरुष, रौतहटका एकजना पुरुष र ललितपुरका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका एकजना पुरुष र बाजुराका २० जना महिला र ४६ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

डा. गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका २ जना पुरुष, रुपन्देहीका २ जना पुरुष, प्युुठानका एकजना महिला र ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा डोल्पाका २ जना पुरुष र कालिकोटका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका २२ महिला र ३६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा बाजुराका ८ जना महिला र २४ पुरुष, रुकुम पश्चिमका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ८ महिला र २१ पुरुष रडोटीका १७ जना महिला र ५२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय २१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ३४ पुगेको छ । प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार