८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026

बलात्कारीलाई सशक्त सजायको माग गर्दै बालुवाटारमा धर्ना


६ जेष्ठ २०७९, शुक्रबार  

49
Shares

काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी युवतीको न्यायका लागि दबाब दिन युवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् ।

‘अकुपाइ बालुवाटार’को नाममा अभियान नै चलाएर युवाले स्वतः स्फूर्तरुपमा भेला भएर धर्ना दिएका छन् ।


बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले लठ्ठिने सामग्री भएको पेय पदार्थ खुवाएर बलात्कार गरेको खुलासा गरेकी थिइन् ।

पीडितको मनोबल कमजोर हुन नदिन र आरोपीलाई सशक्त सजायको मागसँगै पीडितलाई उचित न्यायको माग गर्दै सामाजिक सञ्जालमा शुक्रबार साँझ ‘अकुपाइ बालुवाटार’ कार्यक्रमको आह्वान गरिएको थियो ।

सो धर्नामा सहभागीहरुले बलात्कार जस्तो गम्भिर विषयमा रहेको हदम्याद हटाउन पनि जोड्ले माग गरेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ५ : ३५ बजे