बलिउड गायिका नेहा कक्कडको समर टाइम [फोटोफिचर]

Facebook Debugger

एजेन्सी । बलिउड चर्चित गायिका नेहा कक्कडको समर सिजन सुरुभएसँगै लवाईखवाईमा परिवर्तन गरेकी छिन् ।

सिङ्गीङ रियालिटी शो इन्डियन आइडल २ को अडिसन राउण्डबाट औपचारिक रुपमा सांगितिक यात्रा सुरु गरेकी नेहा पछिल्लो समयको बलिउड गायिकामध्ये एक चर्चित नाम हो । छोटो समयमै उनले विभिन्न चलचित्रका हजारौं गीत गाइसकेकी छिन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)का कारण विश्वभरका सम्पूर्ण सार्वजनिक तथा व्यवसायिक पेशाहरु एक पछि अर्को गर्दै दिनप्रतिदिन खस्कदै गइरहेको बेला बलिउडलाई पनि यसको प्रत्यक्ष असर परेको छ । कोरोनाका कारण उनको दैनिकी घरमानै बितिरहेको बताएकी छिन् ।

गायिका भएकाले नियमित रुपमा रियाज गर्नु उनको दैनिकी बनेको छ । आफन्तहरुसँग सामाजिक सञ्जाल मार्फत अनलाईनमा कुरा गर्न । अघिल्लो समर सिजनलाई सम्झिदै उनले सामाजिक सञ्जालमा विभिन्न पोजका तस्वीर शेयर गरेकी छिन् ।

सन् २००६ मा सञ्चालित दोस्रो इन्डियन आईडलमा उनले अडिसन दिदैँ गर्दा उनी १८ वर्षकी मात्रै थिइन । इन्डियन आइडलबाट औपाचारिक सांगितीक यात्राको सुरुवात गरेपछि उनले अहिलेसम्म कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन् ।

गायिका नेहा कक्कडको समर सिजनको हट तस्वीरहरु हेर्नुहोस :

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार