कवि भोजपुरे

Facebook Debugger

काठमाडौं । कवि तिलक ‘भोजपुर’े,झट्ट सुन्दा कता कता चिरपरिति नाम झै लाग्ने,तर वास्तविक भने नव उदयमान साहित्यकार हुन् । सानै उमेर देखि रङ्गमञ्चमार्फत कलाकारिता क्षेत्रमा प्रवेश गरेका हुन् । कवि,कलाकार,साहित्यकार तिलक थापा पछिल्लो समय कविता लेखनतर्फ सक्रियता बढाएका छन् । टेलिसिरयिल “तितो पिरो” डेढ दर्जन भन्दा बढी म्यूजिक भिडियो,लघु चलचित्र,कथानक चलचित्र मुख्य भूमिका निर्वाह गरिसकेका तिलक भोजपुरे,दूई दर्जन भन्दा बढी नाटक मञ्चन,लेखन,निर्देशन गरेका छन् । कवि तिलक थापा “भोजुरेद्धारा” रचित कविताहरु प्राय,राजनीतिक ब्याङ्गे,प्रकृति प्रेम र सम्बन्धवारे सिर्जनमा पस्काउँने गरेको पाईन्छ । निरन्तर कविता लेखन प्रति कलम चलाइरहेका भोजपुरे निकत भविष्यमा कविता संग्रह प्रकाशन गर्ने तयारीमा रहेको बताए । १.प्रदेश,भोजपुर,मैदानेका स्थायी निवासी थापा,पिता स्वर्गीय कृष्ण बहादुर थापा र माता भक्त कुमारीकी कान्छो सन्तान हुन् ।

उदयमान कवि भोजपुरुद्धारा रचित केही कविताहरु

कवि तिलक भोजपुरे

विद्याः कविता

शीर्षकः सपनाको सन्देश

आयो सिजन विकासका बिरुवा रोप्ने बेला ।

गरिएका मिठा कुरा र लेखिएका नारा सम्झिए कि बिर्से होला ?

ए सपना पु¥याउन तिनीहरुलाई सन्देश न्यायका आँखा खोल्ने होला ।

ति मुड झैं मुर्तिहरुको गरि रहने छन् कि अभिनय केहि त बोल्थे होला ।

विकासका लहरहरु ठिक ठाउँमा राख्छौं भन्ने हरुलाई

खै कुनै समयमा घर–घरमा गएर मलाई काम गर्ने अवसर दिनु भन्ने हरुलाई ।

आफ्नो ठाउँको सुन्दर भविष्य बनाउने छु भन्ने हरुलाई

आफ्नो पर्चा पल्टाएर हेर ।

अमूल्य समयमा लगाएको मतहरुको इज्जत जान नदेऊ खेर ।

कलमका टुप्पोले ठेलिरुपको पानामा सजाएर खल्ती तिर नपरोस् ।

भित्र सत्य कतै लुकाएर बाहिर खबर अर्काै नल्याईयोस् ।
जनताको थोपा,थोपा पसिना, रगतबाट जम्मा भएको बजेट बेकारमा खेर नजाओस् । ।
यो सपनाको सन्देशलाई कसैले गलत अर्थ नलाओस् ।

विद्याः कविता

शीर्षकः फूल

नामै तिम्रो कति राम्रो लजाएर हाँस्छौ ।
जुन सुकै सुन्दर ठाउँमा सजाएर बस्छौ ।

करेसा बारी, फूल वारी, सिंढी,कौसीमा ।
सबैले आनन्द लिएर हेरि रहन्छन् तिम्रो मुस्कानमा ।

कसैको शिरमाथि कसैको गला सजाइदिन्छौ ।
ठूलासभा भेला मेलामा सबैतिर तिमी अघि सर्छाै ।

तिमीले नै सबै ठाउँमा सोभा बधाई दिन्छौ ।
आनन्दता सुन्दरताले सबैको मन नै तानि लिन्छौ ।

विश्वभरको कुन कुनामा छ तिमी नभएको ।
कुन मन्दिर र कार्यक्रम होला तिमी नगएको ।

सजि सझाउ जता चाहिन्छ तिमी अघि पुग्छौ ।
अरुलाई खुसी दिन्छौ बरु आफू सुक्छौ ।

ठूला ठूला महल देखि झुपडीसम्म
सबैको मन खुस्ी राख्छौ, फूली दिन्छौ टम्म ।

मन्दिर भित्र सबैकोठा सजाएर थुन्दा ।
पीडा भएपनि हाँस्दै रहन्छौ तिमीलाई माला उन्दा ।

मन्दिरको गजुर देखि लाश चितासम्म ।
काम गर्नै नसकिने तिमीलाई नल्याएसम्म ।

दिनभरि सजिएर बांस्ना दिन्छौ राती ।
जतासुकै खोजी तिम्रो फूल कति जाती

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार