शुक्रबार थपिए ७४० कोरोना संक्रमित, कुन जिल्लामा कति ? (हेर्नुहोस विवरणसहित)

Facebook Debugger

काठमाडौं । नेपालमा शुक्रबार थप ७ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पीसीआर परीक्षण गरिएकोमा ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमित मध्ये १ सय ३४ जना महिला र ६ सय ६ जना पुरुष रहेका छन् ।

कहाँ कति थपिए ?

स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पुर्वका ४ जना महिला र १५ जना पुरुष, पर्साका एकजना पुरुष, चितवनका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग अनुसन्धान तथा तालिमकेन्द्र हेटौंडामा गरिएको परीक्षणमा रौतहटका एक जना महिला र २८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा अछामका ६ महिला र ६० जना पुरुष, बैतडीका ४ महिला र २८ जना पुरुष, बाजुराका १२ जना महिला र ३५ जना पुरुष, कैलालीका एकजना महिला र ८ जना पुरुष, कंचनपुरका ९ जना महिला र २० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा अछामका ९ महिला र ३७ जना पुरुष, डडेल्धुराका ६ जना महिला र २२ जना पुरुष, बाजुराका एकजना महिला र ५ जना पुरुष, कैलालीका १ जना महिला र ११ जना पुरुष, कंचनपुरका ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा तथा प्रादेशिक क्षयरोग केन्द्रको प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका एकजना पुरुष, पर्वतका ३ जना पुरुष, तनहुँका ९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ जना पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १४ जना पुरुष, उदयपुरका ५ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा झापाका ४ जना महिला र १० जना पुरुष, मोरङका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका २ जना पुरुष, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका ३ जना महिला र २१ जना पुरुष, सप्तरीका ८ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ४ जना महिला र १२ जना पुरुष, महोत्तरीका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै नारायणी अस्पताल वीरगंजमा गरीएको परीक्षणमा पर्साका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अछामका २० जना महिला र ९० जना पुरुष, बैतडीका ४ जना पुरुष, बझाङका ३ जना महिला र १० जना पुरुष, डोटीका ३ जना महिला र ८ जना पुरुष, कैलालीका २ जना महिला र ५ जना पुरुष, कंचनपुरका २ जना महिला, कपिलवस्तुका ८ जना पुरुष, नवलपरासीका एकजना महिला र ८ जना पुरुष, सर्लाहीका एकजना पुरुष र सिन्धुपाल्चोकका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पाल्पाका एकजना पुरुष, भेरी अस्पताल नेपालगञ्जमा सल्यानका २ जना महिला र ६ जना पुरुष, बर्दियाका २ जना महिला र ८ जना पुरुष, दैलेखका २ जना पुरुष, दाङका एकजना पुरुष, रोल्पाका एकजना पुरुष, सुर्खेतका एकजना महिला र ५ जनापुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ४ जना महिला र ४ जना पुरुष, दैलेख प्रयोगशालामा दैलेखका १० जना पुरुष, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कालिकोटका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका ६ जना महिला र २ जना पुरुष, बैतडीका २ जना महिला र २ जना पुरुष, बझाङका एकजना पुरुष, डोटीका एकजना महिला र ११ जना पुरुष, कैलालीका ७ जना महिला र २३ जनापुरुष र कंचनपुरका ५ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा २ हजार १७ जना महिला र १३ हजार २ सय ४२ जना गरी १५ हजार २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८२३ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय २३ जना कोरोना मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले पछिल्लो २४ घण्टामा ८२३ जना संक्रमण मुक्त भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार १ सय ४३ पुगेको छ ।

कोरोलाले ज्यान गुमाउनेको संख्या ३२ पुग्यो !

नेपालमा शुक्रबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौको एक अस्पतालमा ज्यान गुमाएका ८५ वर्षीय पुरुषको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३२ पुगेका मन्त्रालयले जानकारी दिएको हो ।

यसअघि नेपालमा विहीबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु पुष्टि भएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको हो । शिशूको घर म्याग्दी जिल्ला रहेको मन्त्रालयले जानकारी दिएको थियो ।

त्यसैगरी नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका–११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर-४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका-४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख-३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुष, दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिलाको कोरोनाले मृत्यु भएको छ ।

यसैगरी चितवन मेडिकल कलेजमा मृत्यु भएका कैलाली गोदावरी-७ का ५० वर्षीय पुरुष, ललितपुरको स्टार अस्पतालमा रौतहटका ३० वर्षीय पुरुष र अछामको होम क्वारेन्टिमा बसिरहेको रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार