किम जोङले भने, ‘कोरोनाविरुद्धको लडाइँमा उत्तर कोरियाले सफलता पायो’

Facebook Debugger

एजेन्सी । उत्तर कोरियाका नेता नेता किम जोङ उनले कोरोना भाइरसविरुद्धको लडाइँमा मुलुकलाई ‘सफलता’ मिलेको दाबी गरेका छन् ।

सत्तारुढ वर्कर्स पार्टीको पोलिट्ब्यूरोमा बोल्दै किम जोङ उनले आफूहरुले घातक भाइरसलाई रोक्न सफल भएको र स्थिर अवस्था कायम गरेको बताएका हुन् ।

उत्तर कोरियाले ६ महिनाअघि नै आफ्नो सीमा बन्द गर्यो र हजारौं मानिसहरुलाई आइसोलेसनमा पठाएको थियो । उत्तर कोरियाले आफ्नो मुलुकमा कोरोना भाइरसका एकजना पनि संक्रमित नभएको दाबी गर्दै आएको छ ।

किमले बिहीबार छ महिना लामो राष्ट्रिय आपतकाल घोषणा गरेपछि महामारीबारे थप अनुसन्धान गर्न सहयोग पुगेको बताएका छन् । उनले छिमेकी देशहरुमा अझै भाइरसको संक्रमण रहेको बताउँदै अधिकतम सतर्कता अपनाउनुपर्ने बताएका छन् ।

के उत्तर कोरियामा कोरोना भाइरस फैलिएको छ ? कसैलाई वास्तवमा थाहा छैन । अन्तराष्ट्रिय नाकाहरु ३० जनवरी पछि बन्द गरिएको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका भाइरस रोकथामका उपायमा सीमा क्षेत्रमा कार्यरत स्वयंसेवकहरू थिए र त्यहाँ देशभरिमा थुप्रै अपुष्ट रिपोर्टहरूसार्वजनिक भएका छन् ।

तर हालसालैका हप्तामा राजधानीमा मानिसको जीवनलाई सामान्य अवस्थामा ल्याइएको बीबीसीले उल्लेख गरेको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार