२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

किसान पेन्सन योजना, किसानले जम्मा गर्ने रकमको १० प्रतिशत सरकारले जम्मा गर्ने


१५ जेष्ठ २०७९, आइतबार  

28
Shares

काठमाडौं । सरकारले किसान पेन्सन योजना अघि सारेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९÷८० को बजेटमा किसानसँग सरकार कार्यक्रम अघि सारेका हुन् । उनले भनेका छन्, ‘किसान पेन्सन कार्यक्रम सुरु गर्न किसान हित कोष स्थपना गरिनेछ ।’

यो कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत सरकारले जम्मा गरिदिनेछ । उनले भने, ‘कोष स्थापना गर्न विउ पूँजीका रुपमा १ अर्ब छुट्याएको छ ।’

किसान परिचयपत्रका आधारमा सार्वजनिक सेवामा छुट दिइने समेत उनले बताएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ११ : १० बजे