२४ घण्टामा १३२ कोरोनामुक्त, निको हुनेको संख्या ६५४७ पुग्यो !

Facebook Debugger

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार ५ सय ४७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार