अमेरिकाले अत्याधुनिक हतियार युक्रेनलाई दिने

रुसले थाल्यो परमाणु क्षेप्यास्त्र चलाउने फौजको अभ्यास

91 Shares

काठमाडौं । अमेरिकाले लामो दुरीमा प्रहार गर्न सक्ने रकेट प्रणालीका अत्याधुनिक हतियार युक्रेनलाई उपलब्ध गराउने निर्णय गरेको छ । ती हतियार रुसी सिमानामा प्रयोग गर्न नपाउने सर्तसहित युक्रेनलाई दिइने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले जनाएका छन् ।

रकेट प्रणालीका अत्याधुनिक हतियारहरु युक्रेनलाई दिने निर्णय गरेर अमेरिकाले आगोमा घ्यु थपेको टिप्पणी रुसले गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले रकेट प्रणालीका अत्याधुनिक हतियार युक्रेनलाई दिने निर्णयको पुष्टि गरेलगत्तै रुसले परमाणु क्षेप्यास्त्र चलाउने फौजको अभ्यास थालेको घोषणा गरेको छ ।

युक्रेनले रुसी आक्रमणको प्रतिरक्षा अत्याधुनिक हतियारको माग गर्दै आएको थियो । सोही माग अनुसार अमेरिकाले युक्रेनलाई एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम दिने निर्णय गरेको छ । रुससँग भएका भन्दा अत्याधुनिक मानिएका यी हतियारले लामो दुरीसम्म प्रहार गर्न सक्छ । यद्यपि यस्ता हतियार कतिवटा अमेरिकाले दिनेछ भन्ने स्पष्ट भइसकेको छैन ।

यसैबीच जर्मन सरकारले पनि युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली पठाउने जनाएको छ । चान्सलर ओलाफ सोल्जले युक्रेनको एउटा पूरै शहरलाई रूसी आक्रमणबाट जोगाउन सक्षम बनाउने गरी ‘आईआरआईएस-टी’ नामका हतियार उपलब्ध गराउने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार