कोरोना भाइरसको संक्रमणले विश्वभर एकै दिन ३,५८३ को मृत्यु !

Facebook Debugger

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ३ हजार ५ सय ८३ को मृत्यु भएको छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ४० हजार ६ सय १८ जनाको मृत्यु भएको छ । त्यसमध्ये ३ हजार ५ सय ८३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

यस्तै १ करोड १७ लाख ३७ हजार ९ सय ५५ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ७१ हजार ५ सय ८ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

संक्रमण देखिएको ६ महिनाभन्दा बढी हुँदा निको हुनेको संख्या पनि क्रमिकरूपमा बढ्दै गएको छ ।

यो समाचार तयार पार्दासम्म ६६ लाख ३७ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९३ हजार ९ सय ८९ जनाको मृत्यु भएको छ ।

२४ लाख ९२ हजार ८ सय ४ जना संक्रमित भएकोमा १४ लाख ३७ हजार ४ सय २५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७६ हजार १ सय २० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३५ लाख ५५ हजार ६७ पुगेको छ । त्यसमध्ये १५ लाख ९३ हजार ४ सय १८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ६३ हजार २ सय ९३ जनाको मृत्यु भएको छ । २६ लाख ३० हजार १ सय १७ जना संक्रमित भएकोमा १७ लाख ७८ हजार ३ सय १५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ९४ हजार ९ सय २५ जनाको मृत्यु भएको छ । २५ लाख ४९ हजार ५ सय १७ जना संक्रमित भएकोमा १५ लाख ६६ हजार ६ सय १५ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ११ हजार ४ सय ६९ जनाको ज्यान गएको छ भने ४ लाख ९३ हजार ७ सय १० संक्रमित छन् । संक्रमितमध्ये २ लाख ३८ हजार ४ सय ६४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २८ जनाको मृत्यु भएको छ । १० हजार २ सय ३३ जना संक्रमित भएकोमा ९ हजार १७ जना संक्रमणमुक्त भएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार