२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

पहिलो पार्टी माओवादी केन्द्रलाई बनाउने योजनाका साथ जनप्रतिनिधिसक्रिय हुन प्रचण्डको निर्देशन


२० जेष्ठ २०७९, शुक्रबार  

112
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई पहिलो पार्टी बनाउने योजनाका साथ सक्रिय हुन कर्णाली प्रदेशका पालिकामा माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौंमा आएका पालिकाका अध्यक्षरउपाध्यक्ष तथा प्रमुखरउपप्रमुखहरु आज पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटारस्थित निवासमा गएका थिए ।

भेटघाटको क्रममा माओवादी केन्द« अध्यक्ष प्रचण्डले कर्णालीमा स्थानीय चुनावको परिणाम माओवादी पार्टीले अपेक्षा गरे अनुसारको परिणाम आएको भन्दै आगामी दिनमा पहिलो पार्टी बनाउन पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु आजैदेखि योजनावद्ध रुपमा लाग्न निर्देशन दिएको माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।

Sagarmatha

कर्णाली प्रदेशका पालिकामा विजयी जनप्रतिनिधिहरुले आजै माओवादी केन्द्रका नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटघाट गरेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ५ : १४ बजे