‘राजनैतिक ज्याजतिका विरुद्ध शक्ति प्रदर्शन गर्न तयार हुनुस’ : प्रमुख बस्नेत

Facebook Debugger

सोलुखुम्बु । नेपाली कांग्रेसका महासमिति सदस्य एवं पार्टी संगठन विभाग सोलुका प्रमुख खिलराज बस्नेतले जिल्लाभित्र भएका राजनैतिक ज्याजतिका विरुद्धमा शक्ति प्रदर्शन गर्न कार्यकताहरुलाई तयार रहन आग्रह गरेका छन् ।

नेपाली कांग्रेस प्रदेश निर्वाचन क्षेत्र समितिको संयोजनमा सोताङ र महाकुलुङ गाउँपालिकामा भएको कार्यक्रममा नेता तथा कार्यकर्ताहरुले समसामयिक विषयमा उठाएका प्रश्नहरुको सम्बोधन गर्नुहुँदै प्रमुख बस्नेतले यस्तो आग्रह गरेका हुन । जिल्ला कार्यसमितिको निर्णय अनुसार भएको कार्यक्रममा बस्नेतले बैठकमा उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्नुहुँदै जिल्लाभित्र भएका राजनैतिक विभेदजन्य क्रियाकलापप्रति सचेत रहन आग्रह समेत गरे । आवश्यक परे सम्बन्धित निकाय समक्ष शक्ति प्रदर्शन गर्न तयारी अवस्थामा रहन पनि स्थानीय नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।

कार्यक्रममा महासमिति सदस्य भोजराज कार्की, प्रदेशसभा सभापति धनजन राई, पूर्व महासमिति सदस्य हुतराज बस्नेत, जिल्ला सचिव भलाकाजी कुलुङ, सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका सभापति गोकर्ण बस्नेत, स्थानीय गाउँकार्य समितिका पदाधिकारी एवं सदस्यहरु, विजयी जनप्रतिनिधीहरु लगायत नेता तथा कार्यकर्ताहरुको उलेख्य उपस्थिति रहेको थियो ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार