पूर्व एआईजी बान्तावाद्धारा दुधकोशी अस्पताललाई ५ लाख आर्थिक सहयोग

Facebook Debugger

काठमाडौं । पूर्व एआईजी रामकाजी बान्तावाले सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा निर्माणधिन दुधकोशी सामुदायिक अस्पताललाई आर्थिक सहयोग गरेका छन् ।

काठमाडौंमा एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष असिम राई र अस्पतालका कोषाध्यक्ष बलराम गुरुङलाई पूर्व एआईजी राईले ५ लाखको चेक हस्तान्तरण गरी अस्पताललाई आर्थिक सहयोग गरेका हुन् । उक्त रकम मुगा बान्तावा, पूर्व एआईजिपि रामकाजी बान्तावा, केराइसिं राई, हेमकुमार राई (हाल युके)ले संयुक्त रुपमा अस्पताललाई सहयोग गरेको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

बान्तावा परिवारजनले आफ्ना प्रातःस्मरणिय स्वर्गवासी बुबा पूर्वप्रधान टेकबहादुर राई र आमा पद्मकुमारी राईको सम्झना एवं सम्मानमा अस्पताललाई आर्थिक सहयोग गरेका हुन् । ग्रामिण भेगका नागरिकलाई सुलभ मूल्यमा स्वस्थ सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण भैरहेको अस्पताल सम्पन्न गर्न यो सहयोग असाध्यै महत्वपूर्ण साबित भएको अध्यक्ष राईले बताए ।

गाउँपालिका केन्द्र मुक्लिस्थित ५० शैय्याको सुविधा सम्पन्न दुधकोशी सामुदायिक अस्पताल निर्माणाधिन अवस्थामा छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार