गराचा किरातीको घरफर्क साथी हो गीत, सार्वजनिक

532 Shares

काठमाण्डौं । देश प्रेम र भक्तीमा समर्पित गीत घरफर्क साथी हो,सार्वजनिक भएको छ । सो गीत गराचा.किरातले रचेका हुन् । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका गराचा किरात,गीत,संगीत तथा कला साहित्य क्षेत्रमा लामो समय देखि निरन्तर कलम चलाईरहने व्यक्ति हुन् ।

पछिल्लो समय दर्जन भन्दा बढी गीत लेखिसकेका किरातीले बजारमा पुन अर्को गीत ल्याउँने तयारीमा रहेको बताएका छन् । विदेशमा बसोबास रहेता पनि,जन्म थलो नेपाल र देशभक्ति र स्वदेश प्रति युवा जनशक्ति सचेत भई,आफू जन्मेको देश विकासमा लाग्न स्वदेश फर्क,देश विकास गर्न देशको विकासका निम्ति युवा शक्तिको आवश्यकता छ,भन्ने मूल सन्देश सो गीतले प्रष्ट्याएको छ । सो गीतमा देवेश राई र अनिस ताम्राकारको स्वर रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार