‘अझै कोभिड-१९ को स्थिति भयावह हुनसक्छ,’ : सभापति बस्नेत

Facebook Debugger

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले कोरोना भाइरस (कोभिड-१९)को स्थिति अझै भयावह हुने भन्दै स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति र सोलुखुम्बु काठमाडौं सम्पर्क समितिद्धारा सोताङ गाउँपालिकास्थित सोताङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठकले गरेको निर्णय अनुसार प्रदेश सभा निर्वाचन क्षेत्र समितिको संयोजनमा भएको कार्यक्रमको शिलशिलामा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण गाउँपालिकालाई केहि मात्रामै भएपनि स्वास्थ्य सामग्री सहयोग गरिएको सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले बताए ।

सभापति बस्नेतले व्यक्तिगत रुपमा स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरेका हुन् । ‘हामीले सोताङ प्राथमिक स्वास्थ्य केन्द्रलाई मात्रै होइन जिल्लाभरिका स्वास्थ्य केन्द्रलाई सहयोग गर्ने कोशिसमा छौं । अहिले सोताङबाट स्वास्थ्य सामग्री सहयोग गर्ने कार्य शुरु गरेका छौं,’ सभापति बस्नेतले भने, ‘भविष्यमा अन्य स्वास्थ्य संस्थालाई पनि सहयो गर्छौ ।’

थर्मल गन, स्यानीटाईजर, जीवनजल, सिटामोल, जुका, ग्यास्ट्रिक, पेट दुखाई, रुघाखोकी, भिटामिन बी कम्प्लेक्स लगायतका औषधीहरु वितरण गरिएको सभापति बस्नेतले बताए । केहि औषधी मारवाडि समाजबाट उपलब्ध गराइएको पनि बस्नेतले बताए ।

सम्पर्क समितिले सोलुखुम्बुबाट काठमाडौं गई विभिन्न पेशा व्यवसायमा काम गरिरहेका १ हजारभन्दा बढि मजदुरहरुलाई राहत वितरण गरेको थियो । लामो समयसम्म भएको लकडाउनका कारण अति समस्यामा परेका मजदुरहरुलाई दैनिक उपभोग्य वस्तुहरु वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवं पार्टी संगठन विभाग सोलुका प्रमुख खिलराज बस्नेत, महासमिति सदस्य भोजराज कार्की, प्रदेशसभा सभापति धनजन राई, पूर्व महासमिति सदस्य हुतराज बस्नेत, जिल्ला सचिव भलाकाजी कुलुङ, स्थानीय गाउँकार्य समितिका पदाधिकारी एवं सदस्यहरु, विजयी जनप्रतिनिधीहरु लगायत नेता तथा कार्यकर्ताहरुको उलेख्य उपस्थिति रहेको थियो ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार