हिमालयन म्याजिक ट्रेक्सद्धारा पर्यटन गाईडलाई सहयोग

Facebook Debugger

काठमाडौं । हिमालयन म्याजिक ट्रेक्सले पर्यटन क्षेत्रका पर्यटन गाईडहरुलाई आर्थिक सहयोग गरेको छ ।

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण पर्यटन क्षेत्र ठप्प भएको बेला हिमालयन म्याजिक ट्रेक्सले आफ्ना ११ जना पर्यटन गाईडहरुलाई आर्थिक सहयोग गरेको हो । ट्रेक्सका प्रबन्ध निर्देशक नविन कार्कीले पर्यटन गाईडहरुलाई चेक हस्तान्तरण गर्दैै आर्थिक सहयोग गरेका हुन् ।

‘तपाई पर्यटन क्षेत्रमा काम गर्ने कामदारहरु नआत्तिनुस । यो समस्या नेपालमा मात्र होइन विश्वभर नै हो,’ प्रबन्ध निर्देशक कार्कीले भने, ‘त्यसैले तपाईहरु धर्य गर्नुस । पर्यटन क्षेत्रमा तपाईहरुको भविष्य फेरी पनि उज्जवल हुनेछ ।’

कार्की नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका कोषाध्यक्ष समेत हुन् । उनले लकडाउनका कारण सोलुखुम्बुबाट काठमाडौं आई विभिन्न पेशा व्यवसाय गर्ने मजदुरहरुलाई व्यत्तिगत रुपमा पनि सहयोग गरिरहेका छन् । सम्पर्क समितिद्धार वितरण गरिएको राहत कार्यक्रममा उनले व्यत्तिगत रुपमै पनि सहयोग गर्दै सक्रिय सहभागिता जनाएका थिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार