सोलुखोला बेनी हाइड्रोको सामान बोकेको ट्रक दुर्घटना, चालकको घटनास्थलमै मृत्यु !

Facebook Debugger

सोलुखुम्बु । ओखलढुंगामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

बिहीबार बिहान साढे ४ बजेतिर काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको ट्रक ओखलढुंगाको सिद्धिचरण नगरपालिका-८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

सोलुखुम्बुस्थित सोलुखोला बेनी हाइड्रोको सामान बोकेको बा ३ ख ९६ नम्बरको ट्रक दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रकका चालक दोलखाको जिरीका २४ वर्षीय नवराज कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार