शेर्पा दम्पत्तीद्धारा खरिखोलाका १३३ घरपरिवारलाई राहत वितरण

Facebook Debugger

सोलुखुम्बु । अमेरिकामा बस्दै आएका मिङ्मार शेर्पा र उनकी श्रीमती दाली शेर्पाले जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. १ खरिखोलाका १ सय ३३ घरपरिवारलाई राहत वितरण गरेका छन् ।

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)का कारण अति समस्यामा परेका खरिखोला लगायत गाउँका स्थानीयलाई राहत वितरण गरेका हुन् । शेर्पा परिवार सहित अमेरिकामा बस्दै आएका छन् । उनी खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. १ जौबारी खरिखोलाका स्थायी बासिन्दा हुन् ।

‘हामीले सरकारको मात्रै मुख ताक्नु हुँदैन । यस्तो संकटको बेला आफूले सकेको सहयोग गर्नु नै सबैभन्दा ठूलो धर्म हो,’ शेर्पाले भने, ‘हामी विदेशमा बसेर के भो त ? संकटको बेला देश र गाउँबासीलाई दुःख्दा हामी सँधै सँगै रहनेछौं, भन्ने आभास दिलाउनको लागि पनि मेरो परिवारले राहत वितरण गरेका हौं ।’

शेर्पाले यसअघि पनि विभिन्न सामाजिक संघ, संस्था र व्यक्तिहरुलाई सहयोग गर्दै आउनु भएको छ । उनी ८ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । नेपालमा हुँदा उनी ट्रेकिङ र माउण्टेन गाईड भएर विश्वभरका पर्यटकहरुलाई घुमाउने गरेका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार