पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेपछि…

  सगरमाथा अनलाईन
2.7k Shares

काठमाडौं । पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेर सुरक्षित अवतरण गरेको छ ।

प्रतिकुल मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एअरका कर्मचारीले बताएका छन् ।

साढे १ बजे उक्त जहाज काठमाडौं तर्फ उडेको थियो । प्रतिकुल मौसम भएकै कारण अवतरणमा समस्या भएको बुद्ध एअर पोखराका कर्मचारीले बताए ।

त्यसपछि पोखराका अन्य उडान पनि अवरुद्ध भएको थियो । उक्त जहाज आजै काठमाडौं पठाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार