टेक नाछिरिङको ‘मरेर लानु के छ र’ गीतमा दुर्लभ जन्तरेको कथा ! [भिडियोसहित]

Facebook Debugger

काठमाडौं । गायक टेक नाछिरिङ र गायिका सुनिता थेगिमको आवाजमा रहेको ‘मरेर लानु के छ र’ पूर्वेली लोक दोहोरी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

बिहीबार एक कार्यक्रमबीच उक्त कर्णप्रिय पूर्वेली लोक दोहोरी गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । पूर्वी नेपालको पहाडी क्षेत्रमा केहि दशकअघिसम्म देखिएको लाहुरेको कथालाई मर्मस्पर्शी रुपमा म्यूजिक भिडियोको कथामा प्रस्तुत गरिएको छ ।

कथाको परिकल्पना राज नाछिरिङ ‘दुर्लभ जन्तरे’ले गरेका हुन् । केहि दशकअघिसम्म पूर्वी नेपालको पहाडी र हिमाली जिल्लाको तल्लो क्षेत्रमा यस्ता थुप्रै मर्मस्पर्शी दृष्यहरु देखिन्थे । रोजगारीको शिलशिलामा परिवारलाई सुखसयलमा राख्ने सोचका साथ लाहुर जाने चलन यस क्षेत्रमा पहिलेदेखि अहिलेसम्म पनि कायमै छ ।

किशोरावस्था देखिनै लाहुर जानको लागि अभ्यास गर्ने यस क्षेत्रका अधिकांश यूवाहरुको सपना ब्रिटिस सेनामा जाने हुन्छ । लाहुरे भएपछि आफूले मन मराएको युवतीसँग विवाह गर्ने मनोकांक्षाका साथ पहिलो छुट्टीमा घर फर्किएका धेरै लाहुरेहरुको चाहना सपनामै सिमित भएको घटनाहरु धेरै सुनिन्छन् । हुन पनि हो । समय र परिस्थिति सँधै आफूले सोचे र चाहेको जस्तो हुँदैन भन्ने सन्देश म्यूजिक भिडियोको कथामा देखाइएको छ ।

त्यत्ति मात्र होइन, कतिपय दृष्यहरु आफ्नै आँखाले देखिएको भए पनि सत्य नहुन सक्छ भन्ने विषयलाई पनि मर्मस्पर्शी रुपमा देखाइएको छ । हाम्रो समाजमा अझै पनि चोखो र साँचो मायालाई होइन, धनि र पैसावालहरुकै पछि लाग्ने चलनलाई पनि देखाइएको छ ।

गीतमा भवी धराशायीको शब्द, टेक नाछिरिङको संगीत, कृष्णभक्त राईको एरेन्ज रहेको छ । राज नाछिरिङ ‘दुर्लभ जन्तरे’को कथा तथा निर्देशन रहेको गीतमा गायक, संगीतकार तथा मोडेल निकेश राई, मोडेल अनुशा राई र जन्तरे आफैले दमदार अभिनय गरेका छन् । साथै तिरुसा राई, सूचना राई लगायतले अभिनय गरेका छन् ।

कार्यक्रममा नेकपा सोलुका नेता एवं समाजसेवी भिमराज राई, सञ्चारकर्मी तथा साहित्यकार भद्रगोल किराती, गायक तथा संगीतकार अनिल कोयि राई, गायिका तथा राष्ट्रिय लोक दोहोरी संघका उपाध्यक्ष माया गुरुङ, छायांकार गगन राई लगायत अतिथिहरुको उपस्थिति रहेको थियो । म्यूजिक भिडियोलाई टेक नाछिरिङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार