उडिरहेको जहाजमा मंगोलियाकी महिलाले जन्माइन् जुम्ल्याहा बच्चा !

Facebook Debugger

काठमाडौं । उडिरहेको जहाजमा मंगोलियाकी एक महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छन् ।

टर्कीको इस्तानबुलदेखि मंगोलियाको उलान बाटोरका लागि उडेको जहाजमा ४२ वर्षीया महिलाले शुक्रबार जुम्ल्याहा छोरी जन्माएकी हुन् ।

बच्चा जन्माएकी महिला र दुबै बच्चाहरुलाई अहिले आइसोलेसनमा र उच्च स्वास्थ्य निगरानीमा राखिएको मंगोलियाको सरुवा रोग राष्ट्रिय केन्द्रका प्रमुख डुल्मा न्युम्खुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कोरोनाका कारण नियमित विमान सेवा सञ्चालन नभएकाले उनीहरु चार्टर्ड विमानमार्फत् यात्रा गरेका थिए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार