पहिरोले गुल्मीमा २४८ परिवार विस्थापित !

Facebook Debugger

काठमाडौं । गुल्मीको इस्मा गाउँपालिकामा पहिरोबाट ३ सय घर परिवार विस्थापित भएका छन् ।

जिल्लाका विभिन्न स्थानमा गएको पहिरोमा २ सय ४८ घर विस्थापित भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।

अविरल वर्षासँगै गएको पहिरोले इस्मा गाउँपालिकामा २ जनाको मृत्यु भयो भने ५ जना घाइते भए । पहिरोले गाउँपालिकाको-१ मा १ सय ३६ घर, वडा नम्बर-४ मा ५० घर र वडा नम्बर ६ मा ८ घर विस्थापित भएको पन्थीले जानकारी दिए ।

पहिरोबाट मुसिकोट नगरपालिकामा ५४ घर बिस्थापित भएको जिल्ला प्रशासन कार्यालय, गुल्मीले जनाएको छ । बाढी पहिरोबाट हुनसक्ने क्षतीलाई मध्य नजर गरेर प्रत्येक स्थानीय तहले आफ्नो विपद् व्यवस्थापन कोषमा थप बजेट छुट्याउने भएका छन् ।

जिल्लाभित्र जुनसुकै पालिकामा हुने विपदको सामना गर्न प्रभावित पालिकालाई सबै पालिकाले आर्थिक भौतिक, तथा मानवीय सहयोग गर्ने निर्ण भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । प्रभावित क्षेत्रमा राहत वितरणको लागि सरोकारवाला सबै संघसंस्था कार्यालयहरुले पालिकासँग समन्वय गरी एकद्वार प्रणालीबाट मात्र सहयोग गरिने भएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार