विश्वकप फुटबल खेल्ने ३२ देशको लाग्यो टुङ्गो, कुन समूहमा को ?

  सगरमाथा अनलाईन
224 Shares

काठमाडौं । सामान्यताय गर्मी मौसमा फिफा विश्वकप फुटबल आयोजना हुने गर्छ । यति बेला विश्वकप फुटबलको माहोल तात्नुपर्ने थियो । तर यस पटक आयोजक रहेको कतारमा गर्मी धेरै हुने भएकोले विश्वकप जाडो महिनामा सारियो ।

कतारमा २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म हुने विश्वकप खेल्ने ३१ वटै टुङ्गो बल्ल लागेको छ । अन्तरमहादेशीय प्लेअफअन्तर्गत मंगलबार राति भएको खेलमा कोस्टारिकाले न्युजिल्याण्डलाई १-० ले हराएर विश्वकपमा स्थान बनाउने अन्तिम टिम बन्यो ।

फिफाले यसअघि नै विश्वकपको समूह विभाजन सार्वजनिक गरिसकेकोले कोस्टारिका कठिन समूहमा परेको छ । स्पेन, जर्मनी र जापान रहेको समूह ई मा कोस्टारिका परेको छ ।

कतार विश्वकपका लागि कोस्टारिकासँगै उत्तर अमेरिकाबाट चार राष्ट्र छनोट भएका छन् । यस्तै युरोपबाट सर्वाधिक १३ राष्ट्र छनोट हुँदा एसियाबाट पहिलो पटक ६ राष्ट्रले विश्वकप खेल्दैछन् । अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ राष्ट्र विश्वकपमा छनोट भएका छन् ।

२२ औं संस्करणको फिफा विश्वकप कतारको ५ सहरको ८ मैदानमा खेलाइनेछ ।

उद्घाटन खेल समूह ए मा रहेका नेदरल्यण्ड्स र सेनेगलबीच हुनेछ ।

कुन समूहमा कुन टिम ?

समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर

समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स

समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया

समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, अष्ट्रेलिया

समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका

समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा

समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन,

समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार