१ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

बाघको आक्रमणबाट युवतीको मृत्‍यु बाघ धपाउन पाँच राउण्ड हवाई फायर


२ असार २०७९, बिहिबार  

0
Shares

चितवन । निगुरो टिप्न गएकी युवतीको शव भेटिएको छ । भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेतको शव बाघले खाइरहेको अवस्था भेटिएको हो ।

बस्नेतको शरीरको भाग खाइरहेको अवस्थामा फेला परेपछि सो बाघलाई धपाउनका लागि नेपाली सेनाको टोलीले ५ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार बिहान ७ बजे निगुरो टिप्न गएकी बस्नेतलाई स्थानीय राधाकृष्ण सामुदायिक वनमा बाघले आक्रमण गरेको थियो ।

आक्रमण भएको स्थानभन्दा ३०० मिटर पश्चिममा टाउको र छातीको भाग खाइसकेको अवस्थामा बस्नेतको शव भेटिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  १ : ०४ बजे