एकैदिन १,७०५ संक्रमणमुक्त, अहिलेसम्म १०,२९४ ले जिते कोरोनालाई !

Facebook Debugger

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १० हजार २ सय ९४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

२४ घण्टामा ५ हजार ८ सय ५६ जनाको पीसीआर परीक्षण भएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार