सांसद राईको पहलमा सोलुखुम्बुका १२८९ घरलाई जस्तापाता

Facebook Debugger

काठमाडौं । प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरवीर’को पहलमा सोलुखुम्बु जिल्लाका ८ स्थानीय तहका १ हजार २ सय ८९ घरका खरको छानोलाई विस्थापित गरी जस्तापाता लगाईने भएको छ ।

सांसद राईको पहलमा शहरी विकास मन्त्रालयले गरेको निर्णय अनुसार ‘सुरक्षित नागरिक आवास निर्माण कार्यक्रम’ अन्तरगत आर्थिक वर्ष २०७७/७८ मा सोलुखुम्बु जिल्लाका ८ स्थानीयतहका १ हजार २ सय ८९ घर धुरीलाई खरको छाना विस्थापन गरि जस्तापात लगाउनको लागि बजेट बिनियोजन भएको राईको सचिवालयका अधिकारीले बताएका छन् ।

आर्थिक वर्ष ०७६/७७ मा यही कार्यक्रम अन्तर्गत नेचासल्यान गाँउपालिकामा भित्रका २५ घरधुरीलाई खरको छाना हटाई जस्तापाता लगाउने कार्यक्रम रहेको पनि बताइएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार