मोडलिङमा भविष्य खोज्दै विपना

Facebook Debugger

काठमाडौँ । युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत थपिदै गएका छन । युवा पुस्ताको सर्वाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन झन फराकिलो बन्दै छ । त्यस्तै मोडलिङ एवं नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी मोडल हुन् विपना चुनारा ।

नृत्य तथा अभिनयमा पोख्त मोडल विपना सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन् । चिटिक्क मिलेको शरीर, अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन ।

सुर्खेतको स्थायी बासिन्दा विपना काठमाडौँलाई कर्मथलो बनाएर विगत २ वर्ष देखि यस क्षेत्रमा व्यवसायिक मोडलको रुपमा आफुलाई निखार्दै आएकी छिन । हेर्दा पनि निकै आकर्षण मोडल विपना, हाँसिरहने शालीन स्वभावकि छिन् ।

मोडल विपना कुनै चलचित्र, म्युजिक भिडियोहरूमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको बताउछिन् । सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने विपना अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोसिशरत छिन् ।

केहि म्युजिक भिडियोमा अभिनय गरि सकेकी विपनाले टेलिसिरियलहरुमा समेत अभिनय गरिसकेकी छिन् । उनी भन्छिन्, ‘अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।’

‘मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ । जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नूनै जीवन हो ।’ एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडि बढेको उनी बताउँछिन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार