विश्वभर १ करोड ३२ लाख बढीलाई कोरोना, ५ लाख ७५ हजारको मृत्यु !

Facebook Debugger

काठमाडौं । विश्वभर १ करोड ३२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म १ करोड ३२ लाख ३४ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ९५ हजार ८ सय ५७ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ३१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ७५ हजार नाघेको छ ।

एकै दिन १ लाख १४ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म निको भएका ७६ लाख ९१ हजार ४ सय ५१ संक्रमितमध्ये १ लाख १४ हजार २ सय ३२ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९६ हजार ८ सय २२ जनाको मृत्यु भएको छ । २५ लाख ८६ हजार ५ सय ८६ जना संक्रमित भएकोमा १५ लाख १७ हजार ६ सय ६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ८६ हजार ६ सय १७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४० लाख ७० हजार ४ सय १४ पुगेको छ । त्यसमध्ये १८ लाख ७६ हजार ९ सय १० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७१ हजार ४ सय ५३ जनाको मृत्यु भएको छ । ३० लाख १५ हजार ४९ जना संक्रमित भएकोमा २० लाख ९६ हजार १९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ६ हजार ४ सय ४० जनाको मृत्यु भएको छ । २९ लाख ३० हजार ८ सय ६६ जना संक्रमित भएकोमा १८ लाख ८५ हजार ४१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १३ हजार ५ सय ४ जनाको ज्यान गएको छ भने ६ लाख १४ हजार ४ सय १२ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख ५ हजार ८ सय ५२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय ३० जनाको मृत्यु भएको छ । ११ हजार ६ सय ४४ जना संक्रमित भएकोमा ९ हजार ३ सय ७२ जना संक्रमणमुक्त भएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार