मेलम्चीको सुरुङमा इन्जिनियरसहित २ बेपत्ता !

Facebook Debugger

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा परीक्षणको लागि छाडिएको पानीमा २ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका १ जना इन्जिनियर र चालक रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुरूङको एक ठाउँबाट एक्कासी पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका उनीहरुलाई पानीले बगाएर बेपत्ता बनाएको हो ।

परीक्षण गर्न अहिले सुरुङमा पानी हालिएको छ । पानी सुरुङमा पानीले बगाएर ४ जना बेपत्ता भएका थिए । उनीहरुमध्ये २ जना सम्पर्कमा आए भने २ जना अझै बेपत्ता छन् ।
जीवितै उद्धार गरिएका २ जनाको उपचार गर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार