विश्वभर एकै दिन थपिए २ लाख १६ हजार कोरोना संक्रमित !

Facebook Debugger

काठमाडौं । विश्वभर एकै दिन २ लाख १६ हजारभन्दा बढी कोरोना सिंक्रमित थपिएका छन् ।

योसँगै बुधबार बिहान यो समाचार तयार पार्दा सम्म संक्रमित हुनेको संख्या १ करोड ३४ लाख ५४ हजार ४ सय ४९ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ४६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ८१ हजार १ सय १८ पुगेको छ ।

एकै दिन १ लाख ५० हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । बुधबार बिहान यो समाचार तयार पार्दासम्म निको भएका ७८ लाख ४६ हजार ४ सय २३ संक्रमितमध्ये १ लाख ५० हजार २५ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९७ हजार २ सय ७६ जनाको मृत्यु भएको छ । २५ लाख ९९ हजार ६५ जना संक्रमित भएकोमा १५ लाख ३० हजार ८५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ८८ हजार ९ सय ७६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४१ लाख ५२ हजार ५ सय ४ पुगेको छ । त्यसमध्ये १९ लाख ३९ हजार ६ सय ५७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७२ हजार ६ सय १८ जनाको मृत्यु भएको छ । ३० लाख ७० हजार ८ सय ४६ जना संक्रमित भएकोमा २१ लाख ५४ हजार ८ सय १३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८ हजार ३ सय जनाको मृत्यु भएको छ । २९ लाख ९० हजार ५ सय १३ जना संक्रमित भएकोमा १८ लाख ९४ हजार ९ सय ९७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १३ हजार ८ सय ३ जनाको ज्यान गएको छ भने ६ लाख २८ हजार ८ सय ८५ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख १६ हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय ३० जनाको मृत्यु भएको छ । ११ हजार ९ सय १५ जना संक्रमित भएकोमा ९ हजार ४ सय ४० जना संक्रमणमुक्त भएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार