६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

पेट्रोलियम पदार्थको मूल्‍यवृद्धि विरुद्ध प्रदर्शन


८ असार २०७९, बुधबार  

0
Shares

काठमाडौं । रासायनिक मलको अभाव र पेट्रोलियम पदार्थमा भएको चर्को मुल्य वृद्धिविरुद्ध माइतीघर मण्डलामा किसानहरु प्रदर्शनमा उत्रिएका छन् ।

संयुक्त किसान आन्दोलनको ब्‍यानरमा उनीहरुले किसानलाई तुरून्त मलरबीऊको व्‍यवस्था गर्न माग गर्दै पम्प्लेटसहित प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले ‘किसानलाई तुरुन्त मल, बीउको व्‍यवस्था गर, मलमा भइरहेको कालोबजारीको अन्त्य गर’ लगायतको नारासहित प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ११ : ५३ बजे