सिन्धुपाल्चोकमा पहिरोले २ घर बगायो, ५ जना बेपत्ता !

Facebook Debugger

सिन्धुपाल्चोक । अविरल वर्षापछि बुधबार राति खसेको पहिरोले सिन्धुपाल्चोकको फुल्पिङका २ घर बगाएको छ ।

सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-४ फुल्पिङकट्टीको माथिल्लो भेगमा २ घर बगाउँदा पाँच जना बेपत्ता भएका छन् ।

राति साढे १ बजेतिर बजे वर्षासँगै झरेको पहिरोमा घर बगाएको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिए ।

पहिरोमा परी २ घरका ५ जना बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए । घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार