थुलुङ दुधकोशी गाउँपालिकामा पठनपाठन हुने

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले पालिका भित्रका सबै सामुदायिक विद्यालयमा पठनपाठन शुरु गर्ने भएको छ ।

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)का कारण बन्द रहेको विद्यालय गाउँपालिकाभित्र कोरोनाको जोखिम कम भएकाले पढाई सुरु गर्न लागिएको हो । बिहीबार बसेको गाउँ शिक्षा समितिको बैठकले पठनपान गर्न सबै सामुदायिक विद्यालयहरुलाई परिपत्र गरेको छ ।

गाउँपालिकाभित्र यही साउन २२ गतेदेखि विद्यालयमा पढाई सञ्चालन हुने अध्यक्ष असिम राईले बताए । सबै सामुदायिक विद्यालय र शिक्षण संस्थाहरु स्वास्थ्य सम्बन्धी नेपाल सरकार र सम्बन्धित निकायले निर्माण गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड र प्रोटोकलको आत्मसाथ गर्दै संक्रमण बढेमा वा नेपाल सरकारबाट विशेष निर्देशन र परिपत्र भएमा सोही बमोजिम हुने गरी हाललाई उच्च सतर्कता अपनाई कक्षा सञ्चालन गरिने बैठकले निर्णय गरेको छ ।

बन्दाबन्दीका कारण सोलुखुम्बु जिल्ला बाहिर रहेको विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरु साउन ५ गतेभित्र अनिवार्य सम्बन्धित विद्यालय तथा प्रद्यानाध्यापकसँग सम्पर्कमा आउनु पर्ने र विद्यालयमा आईसकेपछि १४ दिन अनिवार्य होम क्वारेन्टाईनमा बस्नुपर्ने निर्णय गरिएको छ ।

साथै विद्यालय सञ्चालन गर्दा सामुदायिक दुरी अनिवार्य कायम गर्ने । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि टिफिन र खाजामा स्थानीय उत्पादनलाई प्रोत्साहित गरी जंङफुडलाई कडाईका साथ निरुत्साहित गर्ने, विद्यालय सञ्चालनको सन्दर्भमा प्रत्येक सामुदायिक विद्यालयहरुले वडा शिक्षा समितिसँग समन्वय गरी सो सम्बन्धी अभिभावकहरुलाई अभिमुखिकरण गर्ने निर्णय समेत गरिएको अध्यक्ष राईले बताए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार