राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा सोलुखुम्बुका हर्कबहादुर राईसहित २७ जनाको आवेदन

Facebook Debugger

सोलुखुम्बु । राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिवको लागि सोलुखुम्बुका हर्कबहादुर राईले आवेदन दिएका छन् । युवा तथा खेलकुद मन्त्रालयले खुला दरखास्त आव्हान गरेपछि राईसहित २७ जनाको आवेदन परेको छ ।

बिहिबारसम्म अन्तिम मिति तोकिएकोमा आवेदन दिनेमा निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवालसमेत रहेकाछन् । अर्को सातासम्म सदस्य सचिव नियुक्त हुने सम्भावना रहेको बताइएको छ ।

सदस्य सचिवका लागि आवेदन दिएका राई सोलुखुम्बु सोताङका हुन् । तत्कालिन नेकपा एमालेका जिल्ला सचिव रहेका राई हाल नेकपाका कार्यालय सदस्य एवं कार्यालय सचिव हुन् । उनले राष्ट्रिय खेलकुद परिषदमा २०५३ सालमा सहायक चौथो पदवाट सेवा प्रवेश गरी २०७२ सालसम्म विभिन्न पदमा रहेर काम गरेका छन् ।

राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका राईले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव जस्तो गरिमामय पदमा खुल्ला प्रतिस्पर्धा हुने व्यवस्था हुनु खुशीको कुरा भएको बताए । उनले छनोट प्रक्रियामा अबलम्बन गरिने बिधिले खुल्ला प्रतिस्पर्धाको विश्वसनियताका बारेमा प्रष्ट हुने बताए ।

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका लागि आफू हर तवरले योग्य रहेको दाबी गर्दै सरकारले जिम्मेवारी दिए कुराले हैन कामले खेलकुद क्षेत्रको विकास गरेर देखाउने सोलुखुम्बु समाचारलाई बताए । आफूसँग नेपाली खेल क्षेत्रको लामो अनुभव रहेकोले पनि सदस्य सचिवका लागि योग्य रहेको उनको भनाई छ । नयाँ व्यक्तिलाई जिम्मेवारी दिँदा खेल संरचना र खेल क्षेत्र बुझ्दा नै समय सकिने उनले बताए ।

२०४८ सालदेखि लामो समय खेलकुद विकास ऐनवाट खेलकुद परिषद चल्दै आएकोमा अहिले खेलकुद विकास ऐन २०७७ लागू भएको छ । हालै लागू भएको ऐनमा पनि खेलकुदको संरचना स्पष्ट नभएको बताउने राई विगतमा खेलकुद क्षेत्रलाई राजनीतिक भर्ती केन्द्रको रुपमा प्रयोग गरिएको दाबी गर्छन् ।

नयाँ ऐनको व्यवस्था अनुसार मन्त्री परिषद्ले सदस्य सचिवको नियुक्त गर्नेछ । ओलीका विश्वास पात्र सिलवाल नै सिफरिसको पहिलो नम्बरमा पर्नेमा धेरैको विश्वास छ । सिलवालले आवेदन नदिएको खण्डमा आवेदन दिन चाहने खेलकुदमा थुप्रै थिए । सिलवालको आवेदनसँगै इच्छुक कतिपयले आवेदन दर्ता गराएनन् ।

राखेप सदस्य सचिवका लागि दरखास्त भर्ने आवेदकहरु :

रोशन महर्जन – ललितपुर

अनिल अधिकारी – भरतपुर

हर्कबहादुर राई – सोलुखुम्बु

मिना श्रेष्ठ – सुनसरी

शिवराज भट्ट – डडेलधुरा

लिलबहादुर थापा – बाग्लुङ्ग

रवि राजकर्णिकार – काठमाडौं

अच्युतम लामिछाने – काठमाडौं

निलमसिंह बज्राचार्य – ललितपुर

रमेशकुमार सिलवाल – धादिङ्ग

मेघराज पौडेल – झापा

रामेश्वर श्रेष्ठ – काठमाडौं

अच्युत खनाल – ललितपुर

मनबहादुर गुरुङ – पोखरा

विजयकुमार राई – मोरङ

सानुराजा केसी – काठमाडौं

किशोर शाही – काठमाडौं

अन्जु श्रेष्ठ – ललितपुर

सुदिल शाही – ललितपुर

रमेशमान डंगोल – काठमाडौं

ध्रुवराज न्यौपाने – काठमाडौं

खेमराज अधिकारी – बाजुरा

राम पुडासैनी – काठमाडौं

सुनिल नकर्मी – ललितपुर

रणबहादुर चन्द – काठमाडौं

दिपेन्द्र ढकाल – मकवानपुर

तेजबहादुर गुरुङ – कास्की

सोलुखुम्बु समाचारबाट ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार