लागुपदार्थ दुर्व्यसनबाट नागरिकको रक्षा गर्न सरकार प्रतिबद्ध :गृहमन्त्री खाँण

14 Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले लागुपदार्थको दुर्व्यसनबाट नागरिकको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

लागु औषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा गृह मन्त्रालयले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा गृहमन्त्री खाँणले लागु पदार्थको दुर्व्यसनबाट युवालाई बचाउनु सबैको दायित्व भएको बताए ।

अहिले लागु पदार्थसँग सम्बन्धित अपराधमा दोषी देखिएका ६ हजार बढी बन्दी कारगारमा रहेका र मुलुकभर हुने आपराधिक गतिविधिमध्ये ८ प्रतिशतभन्दा बढी लागु पदार्थसँग सम्बन्धित रहेको जानकारी पनि गृहमन्त्रीले दिए ।  युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा जन जागरुकताका कार्यक्रम ल्याउन, पाठ्यपस्तकमा लागु औषध दुव्र्यसनका असरबारेका विषयबस्तु समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउन र दुर्व्यसनीमा फसेका युवाहरुलाई सुधार्न विषेश अभियान थाल्नुपर्ने उनको धारणा छ ।

कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे र नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले लागु औषधमुक्त परिवार, समाज र राष्ट्र निर्माण गर्न सबै नागरिकहरू आ(आफ्नो तर्फबाट सचेत हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा लागु औषधविरुद्ध सक्रिय विभिन्न संघसंस्थालाई सम्मान गरिएको थियो ।

कार्यक्रम अघि राष्ट्रिय सभागृहबाट सुरु सुरु भएको प्रभातफेरी भद्रकाली, सुन्धारा, न्यूरोड, रत्नपार्क, बागबजार हुँदै पुनः राष्ट्रिय सभागृहमा आएर टुंगिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार