कार्यकाल अवधिमा ९० प्रतिशत राम्रा काम भयो : प्रेम आले

28 Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पार्टीका नेताको ‘प्रेसर’ले नियुक्तिमा नराम्रा मान्छेलाई पनि नियुक्ति दिनु परेको बताएका छन् ।

राजीनामापछि आइतबार पर्यटन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कतिपय काम आफूले चाहेर पनि गर्न नसकेको स्पष्टीकरण दिए ।


उनले भने, ‘पार्टीका नेताको प्रेसरले नराम्रो मान्छे नियुक्ति गर्नुपर्‍यो, विस्तारै सच्याउँदै गएको थिएँ ।’ उनले कसलाई, कुन नेताको दबावमा कहाँ नियुक्त गरिएको हो भन्ने खुलाएनन् ।

उनले आफ्नो कार्यकाल अवधिमा मन्त्रालय मातहतका निकायहरुमा सुधारका नब्बे प्रतिशत राम्रो कामहरु भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार