‘देउवालाई पनि नसमात्नुस्, पौडेललाई पनि नसमात्नुस्’ : रामचन्द्र पौडेल

२६ जना सगरमाथा आरोही नेपाली कांग्रेसमा प्रवेश

Facebook Debugger

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा कसैको गुटमा नलाग्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । उनले देउवा वा पौडेल पक्ष कसैसँग नलाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् ।

शनिबार बिहान काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पौडेलले भने, ‘अब चौधौं महाधिवेशनमा प्रजातान्त्रिक अभ्यास राम्रोसँग गरौं । ज्यादा मेरो पक्ष र तेरो पक्षमा नटासियौं कोही पनि । मैले सबैलाई भनेको छु, तपाईंले देउवालाई पनि नसमात्नुस्, पौडेललाई पनि नसमात्नुस् । कांग्रेस समात्नुस्, रुख समात्नुस्, लोकतन्त्र समात्नुस्, संघीय लोकतान्त्रिक गणतन्त्र समात्नुस् ।’ गुटगत राजनीति त्यागेर राष्ट्रप्रति इमान्दार हुनुपर्ने उनको आग्रह थियो ।

उनले कांग्रेसप्रति जनतामा गलत सन्देश गएको बताउँदै त्यसलाई चिर्नुपर्ने बताए । ‘कांग्रेस मिसअन्डरस्ट्यान्डिङको शिकार भएको छ । कांग्रेसप्रति जनतामा गलत सन्देश गएको छ,’ नेता पौडेलले भने, ‘कांग्रेसभित्र निष्ठा भएका, सदाचार भएका, स्वच्छ इमेज भएका सम्पूर्ण मानिसहरु हुँदाहुँदै पनि कांग्रेसको इमेज जनतामा राम्रो भएन ।’

उनले भने, ‘पार्टीले चुनाव हार्नु हुन्थेन । किनभने संविधान ल्याउने यो पार्टी, गणतन्त्र ल्याउने नेतृत्वले यसले गर्ने । त्यसको कार्यान्वयन गर्ने बेला कम्युनिष्टको हातमा जाने । यो विडम्बनाबाट देशलाई मुक्ति दिनुपर्छ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोसीले नेपाली कांग्रेस मात्रै लोकतन्त्रको एक्लो धरोहर बताएको बताए । पार्टी प्रवेश कार्यक्रममा विशेष अतिथिको आसनबाट बोल्नुहुँदै जोसीले सगरमाथा आरोहणमा किर्तीमानी कायम गरेका आरोहीहरुको गौरव मात्रै नभई सबै नेपालीहरुको गौरब भएको समेत बताए ।

कार्यक्रममा कांग्रेस नेता उदयशमसेर राणाले, सरकारले जनअपेक्षा अनुरुप काम नगरेको भन्दै आलोचना गरे । देश र जनताको हित र साथमा नेपाली कांग्रेसले मात्रै काम गर्न सक्ने पनि राणाले बताए ।

सांसद जिपछिरिङ लामाले सरकारको जनविरोधी कामको संसद बैठकमा पटक पटक कुरा उठाए पनि कुनै सम्बोधन नभएको आरोप लागाए । विश्व किर्तीमानी आरोहीहरु यस्तो संकटको बेलामा पनि नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्नु भनेको सरकारले जनपक्षिय काम गर्न नसकेको उदाहरण भएको बताए ।

कार्यक्रम लोकतान्त्रिक पर्वतारोही तथा पर्वतारोहण समुदायका अगुवा आङछिरिङ शेर्पाको अध्यक्षतामा आयोजना गरिएको थियो । शेर्पाले पर्यटन र पर्वतारोहण क्षेत्रमा शेर्पाहरुको महत्वपूर्ण योगदान रहेको भन्दै राज्यपक्षले कुनै सम्बोधन नगरेको समेत आरोप लगाए । कार्यक्रममा पूर्व पर्यटन राज्यमन्त्री याङकिला शेर्पा, महासमिति सदस्य एवं पार्टी संगठन विभाग सोलुखुम्बुका प्रमुख खिलराज बस्नेत, महासमिति सदस्य भोजराज कार्की, महाधिवेशन प्रतिनिधी एवं तरुणदल सोलुखुम्बुका अध्यक्ष अशोक झा, नेता प्रकाशसिंह कार्की, सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका सभापति गोकर्ण बस्नेत, उपाध्यक्ष फूनुरु शेर्पा, यूवा नेता वेदप्रसाद वन लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न मितिमा सगरमाथाको सफल आरोहण गरेकाहरुलाई कांग्रेसको साधारण सदस्य दिई पार्टी प्रवेश गराइएको थियो ।

कांग्रेस प्रवेश गरेका सगरमाथा आरोहीहरुको नाम :

१. मिङ्तेम्बा शेर्पा संखुवासभा

२. कामीफूरा शेर्पा सोलुखुम्बु

३. लाक्पाछेतेन शेर्पा सोलुखुम्बु

४. छिरिङ भोटे सोलुखुम्बु

५. छेतेन शेर्पा सोलुखुम्बु

६. छिरिङ भोटे संखुवासभा

७. दावाफिञ्जो शेर्पा सोलुखुम्बु

८. ङिमाछिरिङ शेर्पा सोलुखुम्बु

९. लाक्पातेञ्जिङ शेर्पा सोलुखुम्बु

१०. पासाङदावा शेर्पा सोलुखुम्बु

११. सोनाम शेर्पा सोलुखुम्बु

१२. पासाङदावा शेर्पा सोलुखुम्बु

१३. नुरी शेर्पा सोलुखुम्बु

१४. गुर्मी शेर्पा सोलुखुम्बु

१५. डेण्डी शेर्पा सोलुखुम्बु

१६. मितेञ्जिङ शेर्पा सोलुखुम्बु

१७. पेमाछिरिङ शेर्पा संखुवासभा

१८. तेञ्जिङ शेर्पा संखुवासभा

१९. कर्मा शेर्पा सोलुखुम्बु

२०. थुप्तेन शेर्पा संखुवासभा

२१. पेम्बातेञ्जिी शेर्पा सोलुखुम्बु

२२. मिङमा शेर्पा संखुवासभा

२३. आङरिञ्जि शेर्पा सोलुखुम्बु

२४. ङिमाओङ्छु शेर्पा सोलुखुम्बु

२५. पेम्बानुरु शेर्पा सोलुखुम्बु

२६. पासाङरिञ्जिी शेर्पा

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार