नव बाम्तीभण्डार सहकारीको व्यवस्थापक कार्कीले ९ करोड ५० लाख रकम झ्वामपारेपछि अख्तियारमा मुद्धा !

Facebook Debugger

रामेछाप । नव बाम्ती भण्डार वहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक दिनेशकुमार कार्कीले ९ करोड ५० लाखभन्दा बढि रकम हिनामिना गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता भएको छ ।

सञ्चालक समितिका अध्यक्ष दावानुरी लामा लगायत अन्य सदस्यहरुले पटक पटक हिनामिना गरेको रकम व्यवस्थापक कार्कीलाई सहकारीमा बुझाउने म्याद दिएपनि अझैसम्म रकम नबुझाएपछि कानूनी सहायत लिई अख्तियारमा मुद्धा दिएको बताए । करिब ११ महिनाअघिदेखि कार्कीलाई रकम बुझाउन पटकपटक म्याद दिएपनि हालसम्म पनि रकम नबुझाई उल्टै अध्यक्ष शेर्पालाई रातको ९ बजे अपहरणको शैलीमा लगि जबरजस्ती अध्यक्ष छोड्न लगाई स्वारोजगार कोषको रकम दुरुपयोग गर्नेमध्येको एक सहकारीको क्यासियर हरिशंकर बस्नेतलाई कार्यबाहक अध्यक्ष बनाएका छन् ।

हिनामिना गरेको रकम झ्वाम पार्नकै लागि कार्कीले यस्तोसम्म हर्कत गरेकी स्थानीय तहका जनप्रतिनिधी र राजनीतिकर्मीलाई आफ्नो हातमा ल्याएर अपहरणको शैली अपनाउँदै अध्यक्ष शेर्पालाई धाक, धम्की, डर, त्रास देखाई बाध्य बनाएर अध्यक्ष छोड्न लगाए । र उनकै दाहिने हात मानिएका बस्नेतलाई कार्यबाहक अध्यक्ष बनाएका छन् ।

कार्यबाहक अध्यक्ष हरिशंकर बस्नेत ।

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं. २ रत्नज्योती बजारमा रहेको नव बाम्ती भण्डार वहुउद्देश्यीय सहकारी संस्थामा राखेको रकम न सुरक्षित छ, न भनेको बेलामा झिक्न पाइन्छ । खाई नखाई सदस्यहरुले वचत गरेको रकम केवल कर्मचारी पोसाउन राखिदिएको आहारा जस्तै भएको छ । सहकारीका कर्मचारीले संचालक समितिलाई छक्याउँदै सदस्यहरुको पैसामा ब्रम्हलुट गरेकाले सहकारीको साख नै जोगाउन मुस्किल परेको एक सदस्यले वताए । करिव १८ करोडको वार्षिक कारोबार गर्ने उक्त सहकारीमा वचत फिर्ता गर्ने रकम समेत छैन । संचालक समितिको वैठकमा १५ दिन भित्र यथार्थ हिसाव देखाउने प्रतिवद्धता जायर गरेका कर्मचारीले ११ महिना वितिसक्दा पनि देखाउन नसकेको लेखा समितिका एक सदस्यले वताए ।

९ करोड ५० लाख हिनामिना गर्ने व्यवस्थापक दिनेशकुमार कार्की ।

अख्तियार दुरुपयोग अनुसन्धानमा मुद्धा दिनुको कारण ?

कारण नं.१, व्यवस्थापकको नाममा सप्लायर्स दर्ता सप्लायर्सकै नामबाट ऋण लगानी र असुली !

सहकारीका व्यवस्थापक दिनेशकुमार कार्कीको व्यक्तिगत नाममा दर्ता भएको बाम्ती भण्डार सप्लायर्स नामक फर्मबाट सहकारीको आर्थिक कारोबार गर्ने गरेको खुलासा भएको छ । कार्कीले सहकारीको ऋण लगानी गर्दा सप्लायर्सको चेक दिने र ऋण असुल गर्दा पनि सप्लायर्स वा आफ्नो व्यक्तिगत खातामा जम्मा गर्न लगाउने गरेको चेकको अर्धकट्टिमा उल्लेख छ । कतिपय ऋणीहरुले ऋण चुक्ता गर्न पठाएको रकम समेत कार्कीकै व्यक्तिगत खातामा डिपोजिट भएको भौचरहरुमा देखिन्छ ।

कारण नं. २, संचालक समितिको हस्ताक्षर नै कर्मचारीद्धार किर्ते, सक्कली निर्णय पुस्तिका नै गायव !

विल भर्पाई मिलाउन र संचालक समितिको आँखामा छारो हाल्न मायुर नव बाम्तीका कर्मचारीले संचालक समितिको निर्णय नै किर्ते गर्ने गरेको खुलासा भएको छ । संचालक समितिलाई जानकारी नै नगराई व्यवस्थापक कार्की आफैंले संचालक समितिको निर्णय लेख्ने र उपस्थितिमा किर्ते हस्ताक्षर गर्ने गरेको समितिका एक सदस्यले वताए । किर्ते निर्णय पुस्तिकामा उनीहरुले विल भर्पाइको खर्च अनुमोदन र अन्य आर्थिक कारोबारको निर्णय गर्ने गरेका छन् । संचालक समितिको वैठकमा निर्णय पुस्तिका खोज्दा हरायो भन्दै नयाँ रजिस्टर उपलब्ध गराएर कर्मचारीले पुरानो निर्णय पुस्तिका उनीहरुकै कब्जामा राख्ने गरेको पनि ती सदस्यले वताए ।

कारण नं. ३ः ऋण प्रवाहबारे ऋण उप समिति र धितो मूल्याङ्कन समिति नै वेखबर !

संचालक समितिको निर्णय अनुसार बढीमा ३ लाख सम्मको रकम व्यवस्थापक र क्यासियरको संयुक्त हस्ताक्षरबाट ऋण प्रवाह गर्न सक्ने व्यवस्था छ । उक्त निर्णयमा ३ लाख भन्दा माथीको ऋण धितो मूल्याङ्कन समितिको सिफारिसमा ऋण उपसमितिले स्वीकृत गरी अधिकतम १५ लाख सम्म मात्र प्रवाह गर्न सक्ने उल्लेख छ । तर ऋण खाताको विस्तृत विवरण हेर्दा धितो मूल्याङ्कन समिति र ऋण उप समितिलाई जानकारी नै नदिई कर्मचारीले ३३ लाख सम्म एउटै सदस्यलाई दोहो¥याएर मनोमानी ढंगबाट प्रवाह गरेको देखिन्छ ।

कारण नं.४, पैसा नभएको चेक दिएर हैरान, महिनौ वैंक धाउँदा पनि चेक साटिदैन !

गाउँका सोझासिधा व्यक्ति मात्र नभएर एम.वी.एस डाक्टर समेत सहकारीबाट पीडित छन् । एक डाक्टरले ५ लाख ऋण लिन सम्पूर्ण कागजात व्यवस्थापकलाई बुझाए । ऋण स्वीकृत पनि भयो र ऋण वापत २०७५ चैत्र २ गते मिति भएको ५ लाखको चेक पनि बुझे तर कामाण्डौ पुगेर वैंकमा चेक साट्न जाँदा पैसा नभएको भनी वैंकले फर्काइदिँदा आफू लज्जित भएको उनले वताए । पछि सहकारीमै आएर उजुरी गरेपछि व्यवस्थापकले तीन लाख रुपैंया नगदै दिए र वाँकी २ लाख आजको मितिसम्म पनि नदिएको डाक्टरको गुनासो छ । त्यस्तै बस्नेत थरका एक व्यक्तिले वैना गरेको घडेरी किन्न आफ्नो वचत फिर्ता वापत सहकारीको चेक लिएर काठमाण्डौ गएका थिए । जग्गा पास गर्ने अन्तिम दिन वैंक जाँदा खातामा पैसा नभएको कारण चेक नसाटिएपछि पैसाको समस्या भएर झण्डै वैना गरेको जग्गा फुत्काएका थिए । पछि साथीभाईहरुसँग सरसापट गरेर काम चलाएको उनी वताउँछन् ।

कारण नं. ५, यूवा स्वरोजगारको पैसा पनि स्वाहा !

आफ्ना यूवा सदस्यहरुलाई स्वारोजगार बनाउन सहकारीले यूवा स्वरोजगार कार्यक्रम संचालन गर्दै आएको छ । उक्त कार्यक्रम अन्तर्गत यूवाले व्यवसाय गर्न लिएको रकम कोषमा फिर्ता गर्नुपर्ने हुन्छ । तर यूवाहरुले फिर्ता गरेको रकम कोषमा नपठाई कर्मचारीहरुले आफैले चलाउने गरेको यूवाहरुको गुनासो छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार