विश्वमा १ करोड ४६ लाखभन्दा बढी कोरोना संक्रमित !

Facebook Debugger

काठमाडौं । विश्वभर १ करोड ४६ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

एकै दिन २ लाख २० हजार ७३ जनामा संक्रमण देखिएसँगै सोमबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ४६ लाख ४० हजार ३ सय २६ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३ सय १६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ८ हजार ८ सय ५४ पुगेको छ ।

सोमबार यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ८७ लाख ३० हजार ३ सय ४८ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९९ हजार ८७ जनाको मृत्यु भएको छ । २६ लाख ६९ हजार ३ सय ८१ जना संक्रमित भएकोमा १५ लाख ८८ हजार ७ सय ८८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९६ हजार ६ सय ११ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४५ लाख ६९ हजार १ सय ४७ पुगेको छ । त्यसमध्ये २२ लाख १३ हजार १ सय २९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७९ हजार ८ सय ९५ जनाको मृत्यु भएको छ । ३३ लाख ९७ हजार ३ सय २८ जना संक्रमित भएकोमा २४ लाख ११ हजार ४ सय ५३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख १७ हजार ८ सय ९१ जनाको मृत्यु भएको छ । ३२ लाख ६५ हजार २ सय ९९ जना संक्रमित भएकोमा २१ लाख २२ हजार ८ सय ६४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १५ हजार २ सय १० जनाको ज्यान गएको छ भने ७ लाख २४ हजार ७ सय २ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख ८३ हजार ३ सय १६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय ४५ जनाको मृत्यु भएको छ । १३ हजार ७ सय ४८ जना संक्रमित भएकोमा १० हजार ५७ जना संक्रमणमुक्त भएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार