सोलुखुम्बुमा ४ जनामा कोरोना पुष्टि, संक्रमतिको संख्या ६ पुग्यो !

Facebook Debugger

सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा ४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

स्वाब संकलन गर्न पीसिआर परीक्षण गर्न पठाइएका २६ मध्ये ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकारीले बताएका छन् ।

संक्रमितमध्ये सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाका २६ वर्षिय र वडा नं. ८ केरुङका ३० वर्षिय पुरुष रहेका छन् । त्यसैगरी थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ५ का ३२ वर्षिय र वडा नं. ७ का ३४ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु जेठ महिनामा साउदीबाट नेपाल फर्किएका थिए । संक्रमित युवाहरु जिल्ला अस्पताल फाप्लु र थुलुङ दुधकोशी गाउँपालिकाको एकान्तबास (क्वारेन्टाईन)मा बसेका छन् । उनीहरुको अवस्था सामान्य रहेपनि आईसोलेसन वार्डमा सार्ने तयारी भइरहेको बताइएको छ ।

स्वाब संकलन गरी पठाइएकोमध्ये अब ३ जनाको पीसिआर रिर्पोट आउन बाँकी छ । सोलुदुधकुण्ड नगरपालिकाको १६, थुलुङ दुधकोशी र महाकुलुङ गाउँपालिकाको ४/४ जना र सोताङ गाउँपालिकाको २ जनाको स्वाब संकलन गरी पीसिआर परिक्षणका लागि पठाइएको थियो ।

यसअघि कोरोना संक्रमित सोलुदुधकुण्ड नगरपालिका ८ का २७ वर्षिय युवा उपचारपछि निको भएर घर फर्किसकेका छन् । साथै अर्का एक संक्रमितको भत्तपुरमा उपचार भैरहेको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार