दुई वर्षभित्र सोलुखुम्बु जिल्लालाई अध्यारो मुक्त बनाइन्छ : सांसद राई

Facebook Debugger

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको हिमाली जिल्ला सोलुखुम्बुलाई २ वर्षभित्र अध्याँरो मुक्त जिल्ला बनाईने भएको छ ।

ग्रामिण विद्युतिकरण अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ संघीय सरकारको बजेटबाट सोलुखुम्बु जिल्लालाई अध्याँरो मुक्त जिल्ला बनाईने भएको हो । सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधी सभाका सदस्य हेमकुमार राई ‘सुरवीर’को पहलमा ८ करोड बिनियोजन भएसँगै सोलुखुम्बु जिल्लालाई अध्याँरो मुक्त बनाउन कार्ययोजना अघि बढाईएको सांसद राईको सचिवालयका भुपेन कट्टेलले बताए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानसिं घिसिङ र वैकल्पिक उर्जाका प्रबन्धक निर्देशक मधुसुदन अधिकारीसँग भएको छलफलमा विद्युतिकरणको कामलाई प्राथमिकताका साथ अगाडी बढाउने प्रतिबद्धता भएको छ । लघुजलविद्युतको विषयमा विद्युत वकिास बोर्डको निर्णयलाई आधार मानी वैकल्पिक उर्जा, स्थानीय सरकार, समुदायसँगको समन्वयबाट सरकार र जनताको लगानीबाट निर्माण भएका लघुजलविद्युत आयोजनाहरूलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने, साथै उचित व्यवस्थापनबाट जनताको लगानी गुम्न नदिने गरी कार्य अगाडि बढाउने विषयमा छलफल भएको छ । उज्यालो सोलुखुम्बु बनाउने अभियानका लागि आवश्यक कार्य तत्काल अगाडि बढाउने घिसिङ र अधिकारीले प्रतिबद्धता दोहोर्याएका छन् ।

मंगलबार भएको छलफलमा सांसद हेमकुमार राई ‘सुरवीर’, नेकपाका केन्द्रीय सदस्य राजेन्द्र बस्नेत, सोलुखुम्बु जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राई र थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई सहभागी भएका थिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार