विश्वमा कोरोना : १ करोड ५० लाखभन्दा बढी संक्रमित !

Facebook Debugger

काठमाडौं । विश्वभर १ करोड ५० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

एकै दिन २ लाख ३८ हजार ७ सय २८ जनामा संक्रमण देखिएसँगै बुधबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५० लाख ९१ हजार ४ सय ५२ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ६९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख १९ हजार ४ सय पुगेको छ ।

बुधबार यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ९१ लाख १० हजार १ सय ५३ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९९ हजार ७ सय ४९ जनाको मृत्यु भएको छ । २७ लाख १ हजार ३ सय ९३ जना संक्रमित भएकोमा १६ लाख ८ हजार ४ सय ७४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९९ हजार ७ सय ११ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४७ लाख २१ हजार ३ सय ९० पुगेको छ । त्यसमध्ये २३ लाख १९ हजार ३ सय १४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ८२ हजार ६ सय ४६ जनाको मृत्यु भएको छ । ३५ लाख २६ हजार ५१ जना संक्रमित भएकोमा २५ लाख १२ हजार ३ सय ३७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख २१ हजार ३ सय ६० जनाको मृत्यु भएको छ । ३३ लाख ७३ हजार ६ सय ८७ जना संक्रमित भएकोमा २२ लाख ४६ हजार ६ सय ६६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १५ हजार ७ सय ७० जनाको ज्यान गएको छ भने ७ लाख ५३ हजार ५ सय ४९ संक्रमित छन् । संक्रमितमध्ये ४ लाख १२ हजार ६ सय ५४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय ४९ जनाको मृत्यु भएको छ । १४ हजार १ सय २१ जना संक्रमित भएकोमा १० हजार ५७ जना संक्रमणमुक्त भएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार