बाहिङ समुदायको भुमे पुज्ने ठाउँ गोकर्णमा बनाइयो

Facebook Debugger

काठमाडौं । बाहिङ किरात मुलुखिम केन्द्रीय समितिका सचिव देबकुमार बाहिङको नेतृत्वमा बाहिङ समुदायको भुमे पुज्ने र सीली नाँच्ने ठाउँ निर्माण गरिएको छ ।

काठमाडौंस्थित गोकर्ण जंगलमा बाहिङ समुदायको भुमे पुज्ने र सीली नाँच्ने ठाउँ निर्माण गरिएको हो । उपत्यकामा रहेका बाहिङ समुदायको भुमे पुज्ने र सीली नाँच्ने ठाउँ गोकर्णस्थित सरकारी जंगलमा निर्माण गरिएको मुलुखिमका सचिव देवकुमार बाहिङले बताए ।

नेचासल्यान १ सेरो सोलुखुम्बु स्थायी घर भई हाल काठमाडौं बस्दै आउनु भएका समाजसेवी जीवन बाहिङले भुमे पुज्ने र सीली नाँच्ने ठाउँ निर्माणको लागि आवश्यक सामग्रीहरु उपलब्ध गराउनु भएको थियो ।

भुमे पुज्ने स्थान निर्माण कार्यमा बाहिङ किरात मुलुखिमका संरक्षक कालुधन बाहिङ, कोषध्यक्ष कृष्णबहादुर बाहिङ, केन्द्रीय सदस्य चुमबहादुर बाहिङ, मनराज बाहिङ लगायत अन्य बाहिङ समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो ।

उक्त जंगलमा कुलुङ, सुनुवार र चाम्लिङ समुदायको पितृपुज्ने स्थान निर्माण भैसकेको समेत सचिव बाहिङले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार