विश्वमा कोरोना : १ करोड ५३ लाखभन्दा बढीमा संक्रमण !

Facebook Debugger

काठमाडौं । विश्वभर १ करोड ५३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ७८ हजार ६ सय २५ जनामा संक्रमण देखिएसँगै बिहीबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५३ लाख ६३ हजार ८ सय ४३ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १ सय ७ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख २९ हजार ७ सय ८८ पुगेको छ ।
बिहीबार यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ९३ लाख ४० हजार ९ सय २७ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १ सय ४७ जनाको मृत्यु भएको छ । २७ लाख १७ हजार ४ सय ९० जना संक्रमित भएकोमा १६ लाख २२ हजार ८ सय ८६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख १ हजार ४१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४७ लाख ९७ हजार ९ सय ३८ पुगेको छ । त्यसमध्ये २३ लाख ७५ हजार ९ सय ७८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ८४ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ । ३५ लाख ९८ हजार ६ सय ८ जना संक्रमित भएकोमा २५ लाख ६८ हजार २ सय ८० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख २६ हजार ९ सय ८८ जनाको मृत्यु भएको छ । ३४ लाख ६१ हजार ७८ जना संक्रमित भएकोमा २३ लाख २४ हजार ६ सय ८६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १६ हजार ४ सय ७९ जनाको ज्यान गएको छ भने ७ लाख ७३ हजार ४ सय १८ संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ३८ हजार २ सय ८८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय ५० जनाको मृत्यु भएको छ । १४ हजार ५ सय ९० जना संक्रमित भएकोमा १० हजार १ सय ५८ जना संक्रमणमुक्त भएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार