कोरोना भाइरस : विश्वभर १ करोड ५९ लाख संक्रमित, ६० प्रतिशत बढी निको

Facebook Debugger

काठमाडौं । विश्वभर १ करोड ५९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिए पनि ६० प्रतिशत बढी निको भएका छन् ।

यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ८८ हजार २ सय ५४ जनामा संक्रमण देखिए छ । योसँगै शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५९ लाख ३० हजार ६ सय ७१ पुगेको छ ।

यसमध्ये ६०.९८ प्रतिशत संक्रमित उपचारपछि निको भएको वर्ल्डोमिटर्सले जनाएको छ । अर्थात यो समाचार तयार पार्दासम्म निको हुने संक्रमितको संख्या ९७ लाख १५ हजार ९ सय ८३ छ ।

पछिल्लो २४ घण्टामा ६ हजार १ सय ८२ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ४१ हजार ८ सय ६८ पुगेको छ । मृतक संख्या कुल संक्रमितको ४ दशमलव शुन्य २९ प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ९ सय ५४ जनाको मृत्यु भएको छ । २७ लाख ५२ हजार ३ सय ६२ जना संक्रमित भएकोमा १६ लाख ५१ हजार १ सय ७३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ५ हजार १ सय ५४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४९ लाख ७२ हजार ८ सय ४४ पुगेको छ । त्यसमध्ये २४ लाख ७९ हजार ७ सय ५४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ८७ हजार ३ सय ५४ जनाको मृत्यु भएको छ । ३७ लाख ५० हजार ५ सय ३४ जना संक्रमित भएकोमा २६ लाख ९१ हजार ५ सय ५३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३१ हजार ८४ जनाको मृत्यु भएको छ । ३६ लाख २४ हजार ७ सय ५१ जना संक्रमित भएकोमा २४ लाख १७ हजार ९६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १७ हजार १ सय ४६ जनाको ज्यान गएको छ भने ८ लाख १४ हजार १ सय ६५ संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ६५ हजार ३ सय ५७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय ६१ जनाको मृत्यु भएको छ । १५ हजार २ सय ९४ जना संक्रमित भएकोमा १० हजार ३ सय ९९ जना संक्रमणमुक्त भएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार