धर्मपिक जाने पदमार्ग निर्माणको काम सकियो

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको सोताङ गाउँपालिका अन्तर्गत पर्यटकीय क्षेत्र धर्मपिक जाने पदमार्ग निर्माणको काम सकिएको छ ।

प्रदेश नं. १ उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक वर्ष २०७६÷०७७ को बजेटबाट सोताङ गाउँपालिकाकै ड्रिम प्रोजेक्टको रुपमा रहेको धर्मपिक पर्यटन पदमार्गको काम सम्पन्न भएको हो । समुन्द्र सतहबाट धर्मपिकको उचाई ३ हजार ४ सय ६० मिटर रहेको छ ।

धर्मपिक पर्यटकीय स्थल भएकाले पदमार्ग निर्माण नहुँदा सो क्षेत्रमा जाने अधिकांश पर्यटकहरु बाटो भुलेर हराउने गरेको दुःखेसो गर्ने गरेका थिए । तर, पछिल्लो समय बाटो निर्माण पश्चात सो क्षेत्रमा जाने जो कोहि पर्यटकहरु सजिलै पुग्ने गरेका छन् ।

पदमार्ग निर्माणअघि सो क्षेत्रमा जाँदा स्थानीय पद प्रदर्शक लिएर मात्रै पुग्न सकिन्थ्यो । सो क्षेत्रमा अध्ययन भ्रमणमा जाने अधिकांश टोलीहरु स्थानीय पथ प्रदर्शक लिएर मात्रै जाने गरेका थिए ।

धर्मपिक पर्यटकीय क्षेत्र जाने पदमार्ग निर्माण भैसकेपछि अनुगमनका लागि सोताङ गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कार्की बस्नेत तथा प्राविधिक सहितको टोलीले पद मार्ग निर्माण सोचे अनुसारनै भएको बताएका छन् ।

पदमार्ग निर्माण कार्य सकिएसँगै त्यस क्षेत्रमा पर्यटन प्रबद्र्धनमा गाउँपालिका लागेको स्थानीय बासिन्दाले बताए । उक्त क्षेत्रमा प्याकेज पर्यटन, पशुपालन, जडिबुटीको प्रबर्द्धन गरि समग्र पालिकाकै आर्थिक स्थिति उकास्न सकिने समाजसेवी हर्कराज नाछिरिङले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार