कोरोना भाइरस : विश्वभर १ करोड ६१ लाखभन्दा बढीमा संक्रमण

Facebook Debugger

काठमाडौं । विश्वभर १ करोड ६१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिए छ ।

यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ५८ हजार २ सय २ जनामा संक्रमण देखिए छ । आइतबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६१ लाख ८९ हजार ६ सय १६ पुगेको छ । यसमध्ये ६१.१९ प्रतिशत संक्रमित उपचारपछि निको भएको वर्ल्डोमिटर्सले जनाएको छ । अर्थात यो समाचार तयार पार्दासम्म निको हुने संक्रमितको संख्या ९९ लाख ७ हजार २ सय ३२ छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ११ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ४७ हजार ५ सय ९६ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १ हजार २ सय ६३ जनाको मृत्यु भएको छ । २७ लाख ६५ हजार ५ सय ४० जना संक्रमित भएकोमा १६ लाख ६२ हजार ३ सय ७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ६ हजार ८ सय ८० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५० लाख ५० हजार १ पुगेको छ । त्यसमध्ये २५ लाख १७ हजार १ सय ६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ८८ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । ३८ लाख २६ हजार ६ सय ४६ जना संक्रमित भएकोमा २७ लाख ६५ हजार २ सय २७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३२ हजार ९ सय ८० जनाको मृत्यु भएको छ । ३६ लाख ९४ हजार ३ सय ८२ जना संक्रमित भएकोमा २४ लाख ५८ हजार १ सय ९२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १७ हजार ५ सय ६३ जनाको ज्यान गएको छ भने ८ लाख ३२ हजार ३ सय ८० संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ८७ हजार २ सय ६७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा १ सय ६७ जनाको मृत्यु भएको छ । १५ हजार ६ सय ५४ जना संक्रमित भएकोमा १० हजार ६ सय ४१ जना संक्रमणमुक्त भएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार